देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे संख्या २७६ पुग्यो

देशान्तर

काठमाण्डाै । नेपालमा शनिबार फेरि थप ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ  ।

यसअघि आजै बिहान ६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २७६ पुगेको छ ।