देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काभ्रेका दुई जनामा काेरोना सङ्क्रमण पुष्टि, ङ्क्रमितको संख्या २७८ पुग्यो

देशान्तर

काठमाडौं । काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस पुष्टि भएको थियाे  । यसअघि आजै बिहान ६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २७८ पुगेको छ ।