देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्यो

देशान्तर

काठमाडौं, ४ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९१ पुगेको हो ।

आइतबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटको राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । यससँगै रौतहटमा मात्रै संक्रमितको संख्या १३ पुगेको छ ।