देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विदेशमा अलपत्र नागरिकलाई तत्काल स्वदेश ल्याउन काँग्रेस नेता डा. कोइरालाको माग

देशान्तर

काठमाडौं । काँग्रेस नेता डाक्टर शेखर कोइरालाले विदेशमा रहेका नेपाल आउन चाहने नेपालीलाई सुरक्षित तरिकाले स्वदेश ल्याउन सरकारसँग आग्रह गरेका छन् । काँग्रेस नेता कोइरालाले आज सामाजिक सञ्जालमा लेख्दै विदेशमा रहेका नेपालीले नेपालको अर्थतन्त्र चलायमान बनाउन ठूलो योगदान पुर्याएको समेत बताएका छन् ।

कतिपय खाडी मुलुकले नेपाललाई आफ्ना नागरिक फिर्ता लैजान भनिसकेको छ । उनले सीमामा अलपत्र परेका नेपाली नागरिकको समेत यथाशिघ्र उद्धार गर्न आग्रह गरेका छन् । भारतका विभिन्न ठाउँबाट लामो कष्ट सहेर सीमासम्म आइपुगेकाहरुलाई सुरक्षित तवरले संक्रमणबाट बचाउँदै देश भित्रने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।

सीमामा आएर पनि देश भित्रन नपाउँदा उनीहरुले धेरै कष्ट भोग्नुपरेको कोइरालाको ठहर छ । सीमामा आइपुगेका कति नेपाली चोर बाटो हुँदै नेपाल प्रवेश गरेकाले उनीहरुबाट संक्रमणको खतरा रहने भन्दै उनीहरुलाई सहज बाटोबाट ल्याएर सुरक्षित राख्न कोइरालाले आग्रह गरेका हुन् ।