नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमित हुनेहरुमा धनकुटा निवासी ३४ वर्षीया महिला, मोरङ विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमित हुनेको संख्या २९५ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।





प्रतिक्रिया