काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)ले ललितपुरको महालक्ष्मी नगरपालिकाका मजदुरलाई राहत सामग्री वितरण गरेको छ । कोरोना भाइरसको महामारीका बेला लकडाउनका कारण समस्यामा परेका २० जना भन्दाबढी मजदुरलाई राहत वितरण गरिएको हो ।
नगरपालिकाको वडा नम्बर ५ टिकाथली मोती चोकमा वडाअध्यक्ष राजकुमार सिलवालको उपस्थितीमा राहत वितरण गरिएको एनटीएले जनाएको छ । राहतमा अत्यावश्यक पर्ने खाद्यान्न (चामल, दाल, नुन, तेल, गेडागुडी, चिनी)लगायत वितरण गरिएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाकारी दिए ।








प्रतिक्रिया