देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विरगञ्जमा अस्लिल भिडियो बनाउने तीन जना पक्राउ

देशान्तर

अस्लिल भिडियो बनाएको अभियोगमा विरगञ्जमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोरोना भाइरसको महामारीका बीच विरगञ्जमा निषेधाज्ञा जारी भएको बेला आदर्शनगरमा रहेको चित्रलेखा स्टुडियोबाट संञ्चालक सहित ५ जनालाई पक्राउ गरिएको छ ।

चित्रलेखा स्टुडियोका सञ्चालक वैजु प्रजापति, वादल जैसवाल र मनिष मिश्रालाई प्रहरीको स्पेसल टास्क फोर्सगले गएराति साढे ८ बजेतिर नियन्त्रणमा लिएको जनाइएको छ ।

स्थानीयले उक्त स्टुडियोमा गैरकानुनी हर्कत हुने गरेको भन्दै प्रहरीमा उजुरी समेत गरेका थिए । प्रहरीले छापा मार्दा १३ र ११ वर्षिया नावालिकाहरु पनि त्यही रहेका थिए ।

गरीब परिवारका ती वालिकाहरुलाई ललाई फकाई अस्लिल भिडियो बनाउन प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । प्रहरी छापा मार्न पुग्दा बैजु उनका सहयोगी वादल जैसवाल र मनिष मिश्राले दुई बालिकालाई स्टुडियोकै भित्तामा फल्स वटम प्रयोग गरि बनाइएको खोपीमा लुकाएका थिए।
प्रहरीले उनीहरुलाई त्यहाँबाट उद्धार गरि महिला सेलमा पठाएको छ भने तीन जना आरोपितलाई प्रहरी हिरासतमा राखिएको छ। बब्लु भन्ने बैजुका अर्का सहयोगी भने फरार रहेका छन् ।