देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल–भारत सीमा विवादबारे चीनले मुख खोल्यो

देशान्तर

काठमडौं । भारत र नेपालको सीमा विवादबारे चीनेले आफूमाथि लगाइएको आरोपको जवाफ मंगलबार दिएको छ ।

केही समय अगाडि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले लिपुलेकको विषयमा नेपालले ‘कसैको इसारामा’ विरोध गरिरहेको विचार राखेका थिए । यसको जवाफमा चीनले कालापानी सीमा समस्या भारत र नेपालको बीच भएको बताउँदै दुई छिमेकीले मैत्री परामर्शका माध्यमबाट उनीहरुको विवादहरुलाई उचित समाधान गर्ने आशा राखेको छ।

चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजियानले परिस्थितिलाई जटिल बनाउने गरी नेपाल र भारतले एकपक्षीय काम गर्न नहुने भनाइ राखेका छन् ।

उत्तराखण्डमा चीनको सीमासँग जोडिएको ८० किलोमिटरको उचाईमा र १७ हजार किलोमिटर लामो रणनीतिक महत्त्वको सडकलाई यस महिनाको सुरूमा रक्षामन्त्री राजनाथ सिंहले घोषणा गरेका थिए । त्यसपछि नेपालले उक्त सडकको विरोध गर्दै आएको छ । भर्खरै मात्र नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरासहितका भूभाग समेटेर आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।