देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना जाँचको शुल्क तोकिएको छैनः स्वास्थ्य मन्त्रालय

देशान्तर

सरकारी अस्पतालमा कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क नतोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा मन्त्रालयले शुल्क तिरेपछि कोरानो जाँच गराउन पाइने भन्दै हल्ला भएपछि मन्त्रालयले कुनै शुल्क नतोकिएको जनाएको हो ।

सरकारले कोरोना परीक्षण गर्नुपर्ने व्यक्तिबारे निर्देशिका बनाएको छ । कोरोना परीक्षण गर्नुपर्नेहरुको सरकारले नै निःशुल्क परीक्षण गर्दै आएको छ ।

तर सरकारी निर्देशिकाको मापदण्डबाहिरका व्यक्तिले पनि कोरोना परीक्षण गर्न चाहेमा शुल्क तिरेर परीक्षण गराउन सक्ने जनाएको छ ।
शुल्कको बारेमा छलफल भइरहेको तर टुंगो नलागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए । सरकारले निजी अस्पताललाई आरडीटी र सरकारी अस्पताललाई पीसीआर विधिमार्फत शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने निर्णय भने गरेको छ ।