काठमाडाैँ । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी जना संक्रमित थपिएका हुन् ।
उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए । कुल संक्रमितमध्ये हालसम्म ४९ जना उपचारपछि निको भएका छन् । संक्रमण देखिएका मध्ये ३ जनाको मृत्यु भएको छ ।





प्रतिक्रिया