देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ईदको विदा सोमबार

देशान्तर

सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा सच्याउँदै अर्को सूचना जारी गरेको छ । विदा जेठ १२ गते सोमबारका लािग दिइएको जनाइएको छ ।

यसअघि मन्त्रिपरिषद् बैठकले जेठ ११ गते आइतबारका लागि ईदको सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार गृह मन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएको थियो ।

तर, गृह मन्त्रालयले फेरि अर्को सूचना निकालेर त्यसलाई सच्याउँदै ईदको सार्वजनिक बिदा सोमबार दिइएको जनाएको हो ।