देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ६७५ पुग्यो

देशान्तर

काठमाण्डाै । नेपालमा एकैदिन थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पुष्टि भएका ७२ जनासहित कुल सङ्क्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

मन्त्रालयका अनुसार धनुषाको नगराइन नगरपालिकाका ३ जना पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४,५ र ६ का ३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै बाराको कलैया नगरपालिकाका २ जना पुरुष, गढिमाइ नगरपालिकाका २१ जना पुरुष र रौतहटको राजपुर फरहदवा र इश्नाथका २६ जना पुरुष सङ्क्रमित भएका छन् ।

 

काठमाण्डौकाे टोखा नगरपालिकाका २ र बुढानिलकण्ठ नगरपालिकाका १ जनामा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै सप्तरीको डाक्नेश्वरीका २ जना, बर्दियाको बाँसगढीका १ जना, बाँकेको दुधवा र राप्ती सोनारीका ४ जना, दैलेखको नारायण नगरपालिकाका र ढुंगेश्वर गाउँपालिकाका ५जना र गुराँस गाउँपालिकाका २ जनामा पनि सङ्क्रमण देखिएको छ ।