देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बूढानीलकण्ठमा भेटिएका कोरोना संक्रमित ‘निजी एम्बुलेन्स’ सञ्चालक

देशान्तर

काठमाडौं । सोमबार बूढानीलकण्ठ नगरपालिकामा भेटिएका कोरोना भाइरस संक्रमित पुरुष ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारि गरेको विज्ञप्ति अनुसार, सोमबार थपिएका ७२ कोरोना संक्रमितमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका एक पुरुष पनि थिए ।

नगरपालिकाका मयेर उद्धव प्रसाद खरेलका अनुसार, उनी आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरेर अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पुर्‍याउँथे ।

बुढानीलकण्ठ नगरपालिकाले जेठ ८ र ९ गते २ सय ७६ जनाको आरडीटी विधिबाट परीक्षण गरेको थियो । त्यस क्रममा ती पुरुषको रिपोर्ट नेगेटिभ आएको थियो ।