देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रीपरिषद् बैठक ५ बजे बस्दै

देशान्तर

काठमाडौं । आज मन्त्रीपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बैठडक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

आज बस्ने बैठकमा संविधान संशोधन र विश्वका विभिन्न देशमा कोरोनाको कारण अति जोखिममा परेका नेपालीहरुलाई ल्याउने विषयमा छलफल हुने बुझिएको छ । सरकारले अतिक्रमित भूमीसहितको नक्सा जारी गरेसँगै संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराएको थियो ।

मंगलवार(भोलि) बस्ने संसदको बैठकले संविधान संशोधनको प्रस्ताव पारित गर्न लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकले त्यसैसँग सम्बन्धित विषयमा छलफल गर्न लागेको स्रोतले बताएको छ ।