देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालको कोरोना अपडेट संक्रमित ६०२, डिस्चार्ज भए १५५ जना

देशान्तर

नेपालमा कोरोना संक्रमितको संख्या ६ सय २ रहेको छ । सोमबार एकै दिन ७९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । एकैदिन संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै उच्च संख्या हो ।
मन्त्रालयको पछिल्लो विवरण अुनसार सेती प्रदेशिक अस्पतालको प्रयोशालामा भएको परीक्षणमा अछाम मेत्लेखका ३२ बर्षिय एकजना पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दिया गुलरियाका १ देखि २४ बर्षका तीन जनामा संक्रमण पुष्टि भएको छ । यस्तै नारायणी अस्पतालमा पर्साका १८ बर्षिय पुरुष र काठमाडौं घर भइ बारामा कार्यरत २८ बर्षिय पुरुषमा केरोना पोजेटिभ देखिएको छ ।

सोमबार संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ । यसअघि विहान रौतहटमा २६, बाराका २३ र दैलेखमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै बाँकेमा चार, काठमाडौं, धनुषा र कपिलबस्तुमा तीन–तीन संक्रमित थपिएका थिए ।
सप्तरीका दुई, बर्दियाका एकजनामा पनि संक्रमण पुष्टि भएको थियो । सोमबार सम्म पीसीआर विधिबाट ५१ हजार ६ सय ४२ र आरडिटी विधिबाट ९५ हजार १ सय ९२ जनाको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ९ सय ४ र आरडिटी विधिबाट ५ हजार १ सय ६६ वटा नमुना परीक्षण भएका छन् । देशभर ४६ हजार २९ जना क्वारेन्टाइनमा रहेका छन् । उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ सय ५५ पुगेको छ । संक्रमणवाट मृत्यु हुनेको संख्या चार रहेको छ ।
नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या चार पुगेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएका बाराका ७० बर्षिय बृद्धको कोरोना संक्रमण पुष्टि भएको हो । निमोनियाको समस्या देखिएर जेठ २ गते भर्ना भएका बृद्धको जेठ चार गते अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको स्वाब परीक्षणको रिपोर्ट भने आठ दिनपछि अर्थात सोमबार मात्रै आएको हो ।

मृतक बृद्धको सम्पर्कमा आएका ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितको अन्त्येष्टि भने मृत्यु भएको दिन नै भैसकेको अस्पतालले जानकारी दिएको छ । कोरोना संक्रमितको अन्त्येष्टि सरकारले तय गरेको मापदण्ड अनुसार गर्नुपर्नेमा हतार हतार गरिएपछि परिवारका सदस्यमा पनि संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । यसअघि सिन्धुपाल्चोक, बाँके र गुल्मीमा एक–एक जनाको मृत्यु भैसकेको छ । मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेका छन् ।

यसैबीच, नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये एक सय ५५ जना उपचारपछि निको भएका छन् । सोमबार बेलुका वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका ४३ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या एक सय ५५ पुगेको हो ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले ४३ जना कोरोनामुक्त भएपछि नारायणी अस्पतालको आइसोलेशन कक्ष खाली भएको बताउनुभयो । यसअघि सोमबार बिहान वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना डिस्चार्ज भएका थिए ।
उपचारपछि निको भएका दुई महिने शिशु र १० जना बालबालिकासहित १८ जनालाई अस्पतालले डिस्चार्ज गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदन उपाध्यायले जनाकारी दिनुभयो ।

प्रदेश १ मा २६ जना, प्रदेश २ मा ७६ जना, वाग्मती प्रदेशमा ११, गण्डकी प्रदेशमा दुई , प्रदेश ५ मा ३५ जना र सूदूरपश्चिममा पाँच जना गरी एक सय ५५ जना उपचारपछि निको भएका हुन् ।  त्यस्तै सोमबार नै कपिलवस्तुमा कोरोना सङ्क्रमित नर्स उपचारपछि घर फर्किनुभएको छ । कपिलवस्तु अस्पतालमा कार्यरत तौलिहवाकी २५ वर्षीया नर्स सङ्क्रमणबाट मुक्त भएर घर फर्कनुभएको हो ।
उहाँको दुई पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । नेपालमा पहिलो कोरोना सङ्क्रमित स्वास्थ्यकर्मी १४ दिनमै कोरोना जित्न सफल भएको पनि थापाले बताउनुभयो ।