देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कपिलवस्तुमा बालिका बलात्कृत

देशान्तर

महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ ।

उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ ।

नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गए राति किशोरीलाई जर्बजस्ती तानेर घरको पछाडि पुर्‍याई सो हर्कत गरेको आरोप लगाइएको छ ।

राति परिवारले बालिकालाई बेहोशावस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो । अभियुक्त लोहारको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो ।

पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।