देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधान संशोधन प्रस्तावबारे भ्रममा नपरौं : काँग्रेस सभापति देउवा

देशान्तर

काठमाडौं, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको बताएका छन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू–भाग रहेको उल्लेख गर्दै देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ ।

केन्द्रीय समितिको बैठकबाट यसबारे संस्थागत निर्णय गर्नेछौं । नेपाली कांग्रेसको धारणा बारे कुनैपनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु ।’

नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२–०६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको बताउँदै देउवाले स्थायित्व कायम गर्नु अबको दायित्व रहेको बताएका छन् ।

अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण देश कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ उनले उच्च सर्तकता र दृढ मनोबलका साथ महामारीको सामना गर्न आग्रह समेत गरेका छन् ।