देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदूरपश्चिममा थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशान्तर

कैलाली । बिहीबार कैलालीका दुई जना र दार्चुलाका एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

कैलालीका दुई जना संक्रमितहरू जानकी गाउँपालिकाका हुन् र उनीहरू २५ र ३० वर्षका छन्। यस्तै, दार्चुलाका संक्रमित २१ वर्षीय युवक हुन्। उनीहरू तीनै जना भारतबाट आएको बुझिएको छ। बिहीबार बिहानै प्रदेश २ मा मात्र ७४ जना संक्रमित थपिएका छन्।