देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वर्तमान सरकारकै कारण गणतन्त्र गुम्ने खतरा बढ्यो : कोइराला

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले जुन लक्ष्य र अभिलाषाले गणतन्त्र स्थापना भएको हो त्यो पुरा हुन नसकेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले बर्तमान सरकारकै कारण गणतन्त्र गुम्ने खतरा बढेर गएको समेत बताएका छन् । उनले त्यसका लागि सबैको खबरदारी जरुरी रहेको बताएका छन् ।

उनले १२ बुॅदे सहमतीको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना र सहिदहरुप्रती सम्मान ब्यक्त पनि गरेका छन् ।