देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उच्चस्तरीय समितिको बैठक बस्दै

देशान्तर

काठमाडौँ । कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक आज बस्दै छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय दिउँसो २ बजे बैठक बोलाइएको छ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बैठकमा कोरोनाका विषयमा र विदेशबाट नेपालीहरूलाई फिर्ता गर्ने विषयमा छलफल हुने जानकारी दिए। उनले भने, ‘ बैठक कोरोनाकै विषयमा छलफल गर्न हो। विदेशमा अलपत्र रहेका नेपालीहरूलाई कसरी फिर्ता ल्याउने भन्ने विषयमा कुरा हुन्छ।

सरकारले विदेशमा समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउने बारेमा तयारी गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन विदेशमा रहेका नेपाली फर्काउने जानकारी दिएका थिए। चरणबद्ध रूपमा नेपालीहरूलाई फर्काउने सरकारको तयारी छ। त्यस्तै बैठकलले लकडाउनको विषयमा समेत छलफल हुने छ।