देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संखुवासभाका दुई जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

संखुवासभा । संखुवासभामा भारतबाट आएका दुई जनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। खाँदबारी–७ का २३ वर्षीय र पाँचखपन–१ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रवत्ता रोषण श्रेष्ठले जानकारी दिए।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा दुवैमा कोरोना देखिएको छ।  जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्।