बीरगञ्ज । नेपाली काग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले पर्साको ठोरी गाउँपालिका वडा नं. २ को ठुटेखोलास्थित सिमामा भारतिय सुरक्षाकर्मीहरुको सहयोगमा भारतियहरुले नेपाली भुमीमा गरेको हस्तक्षेप र अनाधिकृत उपयोग गर्न खोजेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले एक बिज्ञप्ती प्रकाशित गरि सो क्षेत्रमा दशकौदेखि भारतीयहरुले नेपाली भुमीलाई बिबादित बनाई बिद्युत लाइन बिस्तार, पुल निर्माण जस्ता बिकाशका कार्यहरुमा समेत अवरोध गर्दै सिमा अतिक्रमण गर्ने प्रयासलाई ठोरीवासीले असफल बनाएकोमा आफु गौरवान्वित भएको बताएका छन् । वर्तमान समयमा ठोरीस्थित नेपाल भारतको सिमा छुट्याई सिमास्तम्भ समेत कायम भईसकेको अवस्थामा नेपाली भुमिमा आई ठोरीवासीको बिकाशको आधारको रुपमा रहेको खानेपानी, बिजुली, ठुटेखोला पुल र यातायातलाई समेत असर पुर्याउने गरि अनाधिकृत रुपमा भारतिय सुरक्षाकर्मीहरुले भारतिय नागरिकलाई उक्साई नेपाली भुमिमा कुलो खन्ने कार्य गराएको प्रति पनि घोर भत्र्सना गरेका छन् ।
नेपाल सरकार तथा स्थानिय प्रशासनले नेपाली भुमी सुरक्षाको जिम्मेवारी निर्वाह नगरिरहेको अवस्थामा शालिनता पुर्वक मातृभुमी सुरक्षाका लागी आवाज उठाउदा नेपाल सरकार तथा स्थानिय प्रशासनले मनोबल गिराउदै भारतिय पक्षहरुके वकालत गर्ने जस्ता कार्यहरुको समेत घोर निन्दा गरेका छन् ।
भारतीय पक्षको नेपाली भुमीमा रहेको जलश्रोतलाई अतिक्रमण गर्ने ठोरीवासिको भौतिक पुर्वाधार अवरुद्ध बनाउने जस्ता कार्यलाई अबिलम्ब रोकी नेपाली भुमी र आम नागरिकको सुरक्षाको समुचित ब्यवस्था गर्दै बिवाद समाधानतर्फ प्रभावकारी कदम चाल्न नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालयले ठोस कदम चालोस भनि माग समेत गरेका छन् । साथै सिमा अतिक्रमणलाई रोक्न शालिनता पुर्वक बिरोध गर्नसमेत ठोसीवासीहरुमा हार्दिक अपिल समेत गरेका छन्





प्रतिक्रिया