काठमाडौं । कोरोना भाइरसको महामारीका कारण मुलुक गत चैत ११ गतेदेखि लकडाउनमा छ । लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान पनि ठप्प छ ।
यस्तोमा अहिले नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल चिटिक्क पारिएको छ ।
यसबीचमा अलपत्र यात्रुलाई चीनबाट एक पटक नेपाल ल्यायो भने अरु जम्मै उडानबाट काठमाडौंमा अलपत्र परेका नागरिकहरुलाई उनीहरुको गन्त्व्य मुलुकमा पठाइएको छ ।
साथै नेपालमा स्वास्थ्य सामाग्री ल्याउनका लागि भने यहाँबाट उडान भइरहेको छ । हेरौं यी तीन तस्वीर ।
सबै तस्वीर राससका लागि रोशन सापकोटाले खिचेका हुन् ।

विश्व स्वास्थ्य सङगठन तथा स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अनुसार ‘कोभिड– १९’ को रोकथामका लागि सरकारले लगाएको लकडाउनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा साङकेतिक पाइलाको सामाजिक दूरीको व्यवस्था गरिएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पार्किङ गरी राखिएका विमान । ‘कोभिड– १९’ को रोकथाम तथा रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण चार्टर्ड तथा रेस्क्यु उडानबाहेक अन्य उडान बन्द रहेको छ ।

विमानस्थलमा साङकेतिक पाइलाको सामाजिक दूरी

प्रतिक्रिया