देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउनबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए विज्ञ

देशान्तर

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन गरेर कम जोखिमका ठाउँहरुमा व्यापार, व्यवसाय खुलाउने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श थालेका छन् । उच्चस्तरीय समन्वय समितिले गृहकार्य गरिरहेका बेला प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह हुने छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञ, अर्थविद,योजनाविद,नर्सिङ र जनस्वास्थ्य विज्ञलाई बोलाइएको छ ।

कोभिड १९ रोकथाम,नियन्त्रणका उपायका बारेमा छलफल गर्न र लकडाउनको बारेमा सरकारलाई निर्णयका लागि सुझाव दिन विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।