देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुख्यमन्त्री पोखरेलले भने, ‘आफूखुशी बजार खोल्दा संक्रमण फैलिए कसले जिम्मा लिने ?’

देशान्तर

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुशी बजार खोल्दा कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आज अहिलेसम्म कोभिड–१९ समुदायस्तरमा नफैलिएका कारण आफूखुशी बजार खोल्दा संक्रमण फैलिए त्यसको जिम्मेवार को बन्ने भन्दै प्रश्न गरेका छन् ।

‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड –१९ समुदायमा फैलिएको छैन । आफूखुशी बजार खोल्दा समुदायमा फैलिए त्यसको जिम्मा कसले लिने ? गम्भीर बनौं’, मुख्यमन्त्रीले भनेका छन् ।

मुख्यमन्त्री पोखरेलले बन्दाबन्दीको ढाँचा परिवर्तन गर्दा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै भनेका छन्, ‘सामाजिक दूरी, विदेशवाट आउनेको व्यवस्थापन, सङ्क्रमितको पहिचान र उपचारमा कुनै समस्या नआउने हुनुपर्छ ।’