कोरोना भाइरसको संक्रमणका कारण सुर्खेतमा एक जनाको मृत्यु भएको छ ।
पञ्चपुरी नगरपालिका वडा नम्बर १ हाँसेका २० वर्षे युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । बिहीबार बिहान करिब पौने २ बजेतिर क्वारेन्टाइनमै शंकास्पद ढंगले ज्यान गुमाएका ति युवाको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्वारेन्टिनमा चौध दिन बसेर घर फर्किए लगत्तै उनको मृत्यु भएको थियो । क्वारेन्टाइनमा १४ दिन बसेर दुईपटक आरडीटी किट परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि ती युवकलाई बुधबार घर पठाइएको थियो ।
उनी भारतको मुम्बईबाट जेठ सात गते सुर्खेत आएका थिए ।
युवकसहित जनता मावि विद्यापुर क्वारेन्टिनमा रहेका वडा नम्बर १ का ६ जनालाई बुधबार दिउँसो घर पठाइएको थियो ।
क्वारेन्टिनस्थलबाट रातको करिब ११ बजे गाउँ पुगेका मृतकसहित ६ जनालाई घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा राखिएको थियो ।
सोही स्थानमा उनको मृत्यु भएको थियो । युवकको मृत्युपछि उनीसँगै घर फर्केका पाँच जनाको पनि स्वाब परीक्षणको तयारी गरिएको छ ।
उनी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने ११ औं ब्यक्ति हुन । बिहिबार पनि पाल्पाका ४५ वर्षीय एक पुरुषले कोरोनाबाटै ज्यान गुमाएका थिए ।





प्रतिक्रिया