देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बझाङ र तनहुँका तीन जनामा संक्रमण पुष्टि

देशान्तर

बझाङ । बझाङका एक सहित तनहुँका दुई जना पुरुषमा कोरोनाको संक्रमण भएको पुष्टि गरिएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार जिल्लाको ऋषिङ गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका एक जना ३९ बर्षका र अर्का ४० वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको हो।

त्यस्तै, भारतबाट बझाङ आएका एक युवामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । एक साताअघि मात्रै भारत बाट जिल्ला पुगेका विथ्थडचिर गाँउपालिका वडा नम्बर ७ का २६ बर्षिया युवामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ।

ति युवाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । उनलाई स्वास्थ्यकर्मीको निगरानीमा डडेल्धुरास्थित उपक्षेत्रिय अस्पतालको आईसोलेसनमा राखिएको छ ।