देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विदेशमा अलपत्र परेका नेपालीको उद्धार, म्यानमारबाट २६ जना काठमाडौं आइपुगे

देशान्तर

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्य सुरु गरेको छ । आज पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड १९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्दार गरेर ल्याइएका नागरिकको व्यवस्थापन गरिँदैछ । सरकारले आजै म्यानमारसँगै यूएईबाट पनि १६८ जनालाई ल्याउने तयारी गरेको थियो । तर, प्राविधिक समस्याका कारण यूएईबाट विमान समयमा उड्न सकेन ।

विदेशबाट दैनिक २९ सय जनासम्मको उद्धार गर्न सक्ने गरी उपत्यकामा होल्डिङ सेन्टर तयार गरिएको छ । सीसीएमसीको संयोजनमा काठमाडौं र भक्तपुरमा एक एक हजार र ललितपुरमा ९ सय जना अट्ने गरी होल्डिङ सेन्टर तयार गरिएको जनाइएको छ ।