काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारत २७ जना कोरोना संक्रमित निको भएका छन् ।
अस्पतालका सुचना अधिकारी डाक्टर विष्णु गौतमका अनुसार अस्पतालमा उपचारत ३३ जना मध्ये २७ जना निको भएका हुन् । उनीहरुको पछिल्लो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।
अस्पतालमा अहिले ६ जना कोरोना संक्रमित उपचारत छन् । उनीहरु मध्ये ३ जना आइसियु र ३ जना आइसोलेसनमा उपचारत छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा यसअघि उपचारत १९ जना कोरोना संक्रमित निको भएर घर गएका थिए । यो सँगै लुम्बिनी प्रादेशिक अस्पतालबाट हालसम्म ४६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।





प्रतिक्रिया