काठमाडौं । जुम्लामा क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको हो ।
दमका रोगी समेत रहेका उनी एक सातादेखि क्वारेन्टाइनमा बस्दै आएका थिए । मृत्युपछि कोरोना परीक्षणका लागि चिकित्सकको टोलीले उनको स्वाब संकलन गरिसकेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको चिकित्सकको टोलीले मृतक वृद्धसहित क्वारेन्टाइन स्थलमा बसेका सबै जनाको स्वाब संकलन गरिसकेको छ ।



प्रतिक्रिया