देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दुवईबाट १६८ नेपाली लिएर आएको एयर अरेबिया जहाज काठमाडौं ओर्लियो

देशान्तर

काठमाडौं । कोरोना महामारीका कारण समस्यामा परेका १६८ नेपाली लिएर आएको एयर अरेबियाको जहाज काठमाडौं ओर्लिएको छ । कोरोना भाइरसको महामारीका कारण घर फर्किएका नेपाली लिएर एयर अरेबियाको जी नाइन १७९१ नम्बरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै अवतरण भएको हो ।

नेपाली दूतावास र एयरलाइन्सबीच समन्वय नहुँदा जहाज उडानमा ढिलाइ भएको थियो । दूतावासले आफूले तयार पारेको सूची अनुसारका यात्रु लैजानु पर्ने बताए पनि एयरलाइन्सले त्यहाँका कम्पनीको सूची अनुसारका यात्रुलाई लैजाने तयारी भएपछि ढिलाइ भएको जनाइएको छ ।

उनीहरुलाई अब विमानस्थलबाट प्रदेश अनुसार तयार गरिएको होल्डिङ सेन्टरमा लगिने जनाइएको छ । होल्डिङ सेन्टरसम्म लैजाने र विवरण लिएपछि सम्बन्धित प्रदेशको जिम्मा लगाइनेछ । हरेक प्रदेशका लागि मन्त्रीलाई समन्वयको जिम्मा दिइएको छ । आजै म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किएका छन् ।