देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जाजरकोटमा प्रहरीसहित चार जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

जाजरकोट । बारेकोट गाउँपालिका १ का ३ जना र ईलाका प्रहरी कार्यालय बारेकोटमा कार्यरत  १ जना प्रहरीसहित चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सुर्खेतस्थित प्रयोगशालामा गरिएका जाँचबाट सो कुरा पुष्टि भएको भेरी नगरपालिका स्वास्थ्य शाखाका यज्ञ गौतमले जानकारी दिए। उनीहरु सबैको जेठ १२ गते स्वाब संकलन गरिएको थियो।

संक्रमित तीन जना भारतबाट आएका थिए। ६, १४, ३३ र ५२ बर्षीय रहेको उनले जानकारी दिए।