बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–३ को एकै गाउँका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबैजना मेल्तडी र दारुगाउँ घर भएका हुन् । वडा कार्यालय नजिकै मेल्तडी माबिको क्वारेन्टाइनमा बसेका ६७ जनामध्ये ६ जनामा पिसीआर रिपोर्ट पोजिटेटिभ देखिएको हो ।
उनीहरूलाई आरडिटी चेक नगरेरै प्रतिकोठाबाट समुह समुहमा नमुनाको रूपमा एक एकजनाको पिसीआर परीक्षण गरेपछि ६ जनामा पिसीआर पोजिटिभ देखिएको हो । जिल्लामा यस अगाडि एकजनामा संक्रमितदेखि सकिएको हुँदा अहिले संक्रमितको संख्या ७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयले प्रेश विज्ञप्तिमा जनाएको छ ।
मेल्तडी मावीमा क्यारेन्टाइमा रहेका अन्यहरुको चेकजाँचका लागि शनिबार त्यहाँ डक्टरको टोली गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानु जोशीले जानकारी दिए। जेठ १५ गते कोही भारतको दिल्लीबाट र कोही काठमाडौंबाटआएक हुन् ।





प्रतिक्रिया