देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोनाबाट सुरक्षित नेपालका ७ जिल्ला कुन कुन?

देशान्तर

नेपालका ७ जिल्ला अहिलेसम्म कोरोना सङ्क्रमणबाट सुरक्षित रहेका छन् । प्रदेश १ र गण्डकीमा दुई दुई जिल्ला तथा वाग्मती, प्रदेश ५ र कर्णालीमा एक एक जिल्ला सङ्क्रमणबाट सुरक्षित रहेका हुन् ।

स्वास्थ्य मन्त्रालयको तथ्याङक अनुसार प्रदेश १ का इलाम र ओखलढुङगा, वाग्मतीको रसुवा, गण्डकीको मनाङ र मुस्ताङ, प्रदेश ५ को रोल्पा र कर्णालीको रुकुम पश्चिममा कोरोनाको सङ्क्रमण देखिएको छैन ।

शुक्रबार कर्णालीको हुम्ला र गण्डकीको गोरखा र कास्की तथा हिजो कर्णालीकै जाजरकोट र डोल्पामा पहिलो पटक कोरोना सङ्क्रमण भेटिएको हो । योसँगै नेपालमा ७० जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् ।

प्रदेश नम्बर २ का सबै ८ जिल्ला र सुदूरपश्चिमका ९ वटै जिल्लामा सङ्क्रमण फैलिएको छ ।

सङ्क्रमितमध्ये ३ सय ६५ जना भने उपचारपछि निको भएका छन् । चीनको वुहानबाट गएको डिसेम्बरमा सुरु भएको कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण नेपालमा पहिलो पटक माघ १० मा पुष्टि भएको थियो ।