देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाको सरुवा

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताबाट डा विकास देवकोटालाई हटाइएको छ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले देवकोटाको स्थानमा डा जागेश्वर गौतमलाई ल्याएका हुन्।

देवकोटालाई मन्त्रालयको गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ। मन्त्री ढकालले बिहीबार परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट डा गौतमलाई मन्त्रालय सरुवा गरेका थिए।

मन्त्रालयमा आएका डा गौतमलाई समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको छ।