देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोनाबाट मृत्यु हुनेकाे संख्या १४ पुग्याे, स्याङ्जाका पुरुषको मृत्यु

देशान्तर

कोरोना पोजेटिभ देखिएका स्याङ्जाका एक पुरुषको पोखरामा उपचारका क्रममा  मृत्यु भएको छ ।  पोखरास्थित गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उनको सोमबार बिहान निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

वालिङका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको आइतबार साँझ मात्रै पुष्टि भएको थियो । उनी जेठ २१ गते राति भारतबाट वालिङ आइपुगेका थिए । स्वास्थ्यमा समस्या आएपछि २२ गते बिहानै पोखरा पठाइएको थियो ।

मृगौला, उच्च रक्तचाप, सुगर लगायतका बिरामी भएको जानकारी पाएपछि तत्कालै पोखरा पठाइएको वालिङ नगरपालिकाले जनाएको छ । भारतको दिल्लीमा बस्दै आएका ती व्यक्ति सुनौलीसम्म विभिन्न सवारी साधानमा आएका र सुनौलीबाट गाडी रिजर्भ गरी आएका वालिङ आएका थिए । सुनौलीबाट श्रीमान् श्रीमतीसंगै आएको वालिङ नगरपालिकाले जनाएको छ ।