देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

देशान्तर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक आज बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको महामारीका सम्बन्धमा छलफल हुने बताइएको छ ।

कांग्रेसले बैठकमा सरकारका काम कारबाहीका बारेमा पनि समिक्षा गर्ने नेताहरुले बताएका छन् ।

कांग्रेसले पछिल्लो समय सरकारको काम प्रति कडा आलोचना गर्दे आएको छ । विशेष गरी कोरोना भाइरस रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको कांग्रेसको आरोप छ ।