देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धुमधामका साथ भइरहेको वाल विवाह रोकियो

देशान्तर

साेलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९, लोखिममा मञ्जुरीका साथ भइरहेको वालबिवाह जनप्रतिनिधि र प्रहरीले रोकिदिएका छन् ।

आइतबार लोखिममा १९ वर्षका किशोर र १६ वर्षीय किशोरीबीच पारिवारीक कुरा मिलाएर दुलाह पक्षबाट दुलाहीको घरमा गएका थिए । त्यसको सुचना पाएपछि प्रहरी र स्थानीय जनप्रनिधि र प्रहरीले बेहुलीको घरमै पुगेर सम्झाई बुझाई गरेर विवाह रोकेको थुलुङ गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भूपालसिंह राईले जानकारी दिए ।

सम्झाइ बुझाइपछि विवाह रद्ध भएको उनले बताए । मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा २ आनुसार २० वर्ष नपुगी मञ्जुरीमा नै गरिएको विवाह कानून विपरीत मानिन्छ ।

साथै उपदफा २ मा विवाह गर्ने गराउने व्यक्तिलाई समेत तीन वर्षसम्म कैद र  ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।