देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाँके र बर्दियामा थप १९ जनामा सङ्क्रमण पुष्टि

देशान्तर

बाँके । बाँके र बर्दियाका गरी थप १९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा बाँकेका एक जना र बर्दियाका १८ जनामा कोरोना सङ्क्रमण देखिएको हो । भेरी अस्पतालका अनुसार बाँकेको जानकी गाउँपालिका ४ का २१ वर्षीय युवकमा सङ्क्रमण देखिएको छ ।

यसैगरी बर्दियाको बारबर्दिया नगरपालिकाका २ जना, मधुवन नगरपालिकाका ४ जना, ठाकुरबाबा नगरपालिकाका ३ जना, बासगढी नगरपालिकाका ९ जना गरी १८ जनामा सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायले यसलाई नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्न भने बाँकी छ ।