देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आफ्नै शरीरमा आगो लगाएका बयलपाटा अस्पतालका कर्मचारीको मृत्यु

देशान्तर

पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका बयालपाटा अस्पतालका कर्मचारी सिदार्थ आउजीको मृत्यु भएको छ । सोमबार बिहान अस्पतालको गेटमा गएर आफ्नो शरीरमा आगो लगाएपछि उनलाई भेरी अस्पताल नेपालगन्जमा पठाइएको थियो । अस्पताल पुर्‍याएको आधा घन्टामा उनको मृत्यु भएको सँगै गएका मीन बोहराले जानकारी दिए ।

‘अस्पताल दिउँसो साढे ३ बजे पुगेका हौं । ४ बजे अस्पतालले मृत्यु भएको घोषणा गरेको हो,’ उनले भने । उनका अनुसार एक वर्षअघि सिद्धार्थले खाडी मुलुकमा जाने तयारी गरेका थिए । घर नजिकैको बयालपाटा अस्पतालमा चर्पी सरसफाइ गर्नका लागि विज्ञापन खुलेपछि उनले निवेदन दिएर काम पाएका थिए ।

अस्पतालले आर्थिक संकट भएको भन्दै उनी लगायत ३२ कर्मचारीलाई अस्पतालबाट निकाल्ने सूचना करार सम्झौता सकिनु दुई महिनादेखि जानकारी गराएका थिए । ‘अस्पतालबाट हटाइएको बेलादेखि नै उनी मानसिक तनावमा थिए । फेरि अस्पतालले काम दिन्छ कि भनेर जाने गरेका थिए ।’ उनका छिमेकीसमेत रहेका बोहराले भने ।