देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चौरजहारी घटनाको छानविन गर्न संसदीय विशेष समिति गठन

देशान्तर

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी घटनाको छानविनका लागि संसदीय विशेष समिति गठन भएको छ ।

सांसद देवन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय छानविन समिति गठन भएको हो । समितिका सदस्यहरुमा एकवाल मिया, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकास रसाइली, विमला विक महेश्वरजंग गहतराज, मिनबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव रहेका छन् ।

सभामुखको निर्देशनमा रही समितिले आफ्नो कार्यविधि तय गरि लागू गर्न सक्नेछ । समितिले आवश्यक देखेका सम्बन्धित पदाधिकारी वा अन्य व्यक्तिको सहयोग लिन वा समितिमा आमन्त्रण समेत गर्न सक्नेछ ।

समितिको अन्य कार्यविधि प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम हुनेछ । समितिको कार्यवधि कार्यप्रारम्भ भएको मितिले ३० दिनका लागि हुने छ । गत जेठ १० बेलुका जाजरकोटका नवराज विकसहितका ६ जना युवाहरुको चौरजहारीका स्थानीयको कुटपीटबाट मृत्यु भएको थियो ।