देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाबुबाट बलात्कृत किशोरीले बच्चा जन्माइन्

देशान्तर

काभ्रे । काभ्रेमा बाबुबाट बलात्कृत १७ वर्षीय एक किशोरीले बच्चा जन्माएकी छन्। अविवाहित १७ वर्षिया किशोरीले बच्चा जन्माएपछि आफ्नै बाबुको गर्भ रहेको खुलेको हो। रामेछापको मन्थली घर भई बनेपा–७ मा डेरा गरी बस्ने किशोरीले अस्पतालमा छोराको जन्म दिएकी हुन्।

९ महिनासम्म गर्भ लुकाएर राखेकी किशोरीलाई कुनै कारवाही नहुने विश्वास दिलाएर वास्तविकता खोलेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए।

तिमल्सिनाका अनुसार शुक्रबार साँझ किशोरीले पेट र ढाड दुख्यो अस्पताल जाउँ भनेपछि परिवारले बनेपाको शिर मेमोरियल अस्पताल लगेका थिए। अस्पतालले पेटमा बच्चा भएको र सुत्केरी ब्यथा लागेको बताएपछि बल्ल उनी गर्भवती भएको थाहा भएको थियो।

आफूले महिनावारी रोकिएको बारे पटक–पटक सोधे पनि छोरीले ढाँट्दै आएको आमाले बताएकी छन्। छोरीलाई अस्पताल लैजान बाबु नै अघि सरेका थिए। तिमल्सिनाका अनुसार प्रहरीले अनुसन्धान गरे पछिमात्रै उनको गर्भमा रहेको बच्चा बाबुको भएको पत्ता लागेको थियो।

बाबुले नियमित शारीरिक सम्पर्क राख्दै आएको भए पनि आफूले कसैलाई भन्न नसकेको किशोरीले बताएकी छन्। बाबुले पनि गत साउनदेखि छोरीसँग नियमित सम्पर्क गर्दै आएको प्रहरीसमक्ष बयान दिएका छन्।

उक्त परिवार ज्याला मजदुरी गर्दै आएको छ। बालिकाको आमाको पित्त थैली र ढाडको अप्रेसन गरिएकाले उनी कमजोर छिन्। उनीहरुको आठ वर्षको छोरा र १३ वर्षको छोरी सँगै छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी कुमार विक्रम थापाले छोरीलाई गर्भ बोकाउने बाबुलाई पक्राउ गरी जवर्जस्ती करणीमा मुद्दा चलाइएको जानकारी दिए। किशोरी र बच्चा अस्पतालमै छन्।