देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालुवाटार क्षेत्रमा प्रदर्शन गर्नेमाथि पानीको फोहरा

देशान्तर

काठमाडौँ । मंगलबार बालुवाटार क्षेत्रमा लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा हानेको छ ।

लकडाउनका बेला कर असुलेको, पीसीआर परीक्षणको दायरा नबढाएको र महामारीका बेला राष्ट्रपति कार्यालयको कार्पेट फेर्नेलगायतका काममा सरकार व्यस्त भएको भन्दै सामाजिक अभियन्ता र सर्वसाधारणहरु विरोध प्रदर्शमा उत्रिएका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको छ ।