देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीले संसद्लाई आज सम्बोधन गर्ने

देशान्तर

प्रधानमन्त्री केपी ओलीले आज संसदमा सम्बोधन गर्दै छन् । विहान एघार बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

बजेट र कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरिरहेका कामका विषयमा प्रधानमन्त्री ओलीले संसदलाई जानकारी गराउन लागेका हुन् । बजेट छलफलमा सांसदहरुले उठाउनु उठाएका बिभिन्न विषयलाई समेटेर प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची पनि छ ।

प्रतिनिधिसभा बैठका विपक्षी सांसहरुले सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको र कोरोना नियन्त्रणका लागि गरिएको खर्च पारदर्शी नभएको आरोप लगाउँदै आएका छन् । प्रतिनिधि सभामा आजै विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने कार्यसूची पनि छ ।