देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अष्ट्रेलियाबाट ११ नेपाली नागरिक बोकेर आयो नेपाल एयरलाइन्सको विमान

देशान्तर

अष्ट्रेलियाबाट ११ नेपाली नागरिक मंगलबार राति काठमाडौं उत्रिएका छन् । नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु राति ११ बजेर १५ मिनेट जाँदा काठमाडौं आइपुगेका हुन् ।

अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायत बिभिन्न मुलुकका नागरिकहरुलाई लिएर अष्ट्रेलिया चार्टड उडान भरेको नेपाल एयरलाइन्स जम्मा ११ जना नेपाली बोकेर राजधानी क्यानबेराबाट नेपाल आएको हो । विमानको सिट क्षमता भने २ सय ७४ रहेको छ ।

अष्ट्रेलियाबाट आएका सबै ११ जनालाई यति पार्टी प्यालेस बसुन्धरा लगिएको छ । त्यहाँ उनीहरुको स्वास्थ्य परीक्षण पछि त्यही बनाइएको क्वारेन्टाइनमा उनीहरुलाई राखिने बताइएको छ ।

अष्ट्रेलियाबाट आउन चाहने नेपालीको संख्या १३ सय बढी भएपनि ११ जना मात्र लिएर आउँदा सरकारको सर्वत्र आलोचना हुन थालेको छ ।