देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउनमा ट्राफिककाे चेकिङ कडा !

देशान्तर

नेपाल सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर विनाकाम, विनापास र अत्यावश्यक कामबाहेक सवारी साधन चलाउने उपर चेकजाँचमा ट्राफिक प्रहरीले थप कडाइ गरी नियन्त्रणमा लिइरहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाइन्ट राखी आम नागरिकको अत्यावश्यकीय सेवा र कामलाई थप सहजीकरण गर्दै उपत्यकाका मुख्य नाकाहरू, मुख्य सडक तथा भित्री सडकहरूमा ट्राफिक प्रहरी परिचालन गरी चेकजाँचमा कडाइ गरेको हो ।

मगलबार मात्रै काठमाडाैँ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ३ हजार ६४७ वटा २ पाङ्ग्रे र ४६० वटा ४ पाङ्ग्रे गरी जम्मा ४ हजार १०७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए । उनले भने, ‘मंगलबार बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म उक्त संख्यामा सवारीसाधन नियन्त्रणमा लिइएको हो ।”

लकडाउन खुकुलो भन्ने गलत हल्लाको पछाडि नलाग्न, कुनै पनि हल्ला, भ्रममा नपर्न र लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन महाशाखाका प्रमुख ढकालले अनुरोध गरेका छन् ।