कालीकोट । कर्णाली नदीमा टिपर खस्दा २ जनाको मृत्यु भएको छ । ६ जना बेपत्ता भएका छन् । कालिकोटमा भारततबाट फर्किएका यात्रु लिएर क्वरेन्टिन जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको हो । आज बिहान कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा खसेको हो।
दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए। जोशीका अनुसार उनीहरुको खोजी कार्य जारी छ । टिपरमा ३९ जना यात्रु रहेको बुझिएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।





प्रतिक्रिया