काठमाडौं । सरकारले लागू गरेको लामो समयदेखिको लकडाउनका कारण समस्यामा पर्दा पनि पसल खोल्न नदिएको भन्दै न्युरोडका साना व्यापारीहरु निरन्तर प्रदर्शनमा उत्रिएका छन् ।
आज पनि न्यूरोड क्षेत्रका व्यापारी एवं व्यवसायीहरुले बिभिन्न नारा उल्लेखित प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । प्रदर्शनमा उनीहरुले सरकारले साना व्यापारीहरुलाई विभेद गरेको समेत उनीहरुको आरोप छ ।
ठूला र साना व्यापारीबीच सरकारले मतभेदको व्यवहार गरेकाले यसको बिरुद्धमा प्रदर्शनमा उत्रिन बाध्य भएको उनीहरुको भनाइ छ ।
प्रदर्शनकारीहरुले लकडाउनका कारण व्यापार नभएकाले आर्थिक समस्या परेकाले घर भाडा मिनाह, बैङ्क तथा वित्तीय संस्थाको ब्याज मिनाह गर्न उनीहरुले माग राखेका छन् ।
सरकारको अदेश अवज्ञा गर्दै न्युरोडका व्यापारीहरुले गत बिहीबारबाट पसल खोलेका थिए । सरकारको आदेशमा प्रशासनले पसल बन्द गराएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन ।





प्रतिक्रिया