काठमाडौँ । नेपाली कांग्रेसले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा गम्भीर हुन ध्यानाकर्षण गराउने भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार असार २ गते स्वदेश र विदेशबाट प्रधानमन्त्रीलाई कोरोनाविरूद्धको संघर्ष केन्द्रीत विशेष ज्ञापनपत्र बुझाउन लागिएको हो ।
शर्माले ७७ जिल्ला प्रशासनमा जिल्ला कार्यसमितिले, सातै प्रदेशका मुख्यमन्त्रीलाई प्रदेश संसदीय दलले र सबै दूतावासमा नेपाली जनसम्पर्क समितिबाट ज्ञापन पत्र बुझाउन लागिएको बताए । हालै बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकार पूर्ण रूपमा कोरोना नियन्त्रणमा असफल भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीलाई सुझावसमेत दिइसकेको छ ।
बुधबार प्रधानमन्त्रीलाई भेटेर वरिष्ठ नेता रामचन्द्र पौडेलले जनसंख्याको करिब ५ प्रतिशतमा पिसिआर विधिबाट कोरोना परीक्षण तत्काल गर्नुपर्नेलगायत सुझाव दिएका थिए ।





प्रतिक्रिया