देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाजुरामा चारदिने नवजात शिशुमा देखियाे कोरोना संक्रमण

देशान्तर

काठमाडौं । बाजुरामा एक चारदिने नवजात शिशुमा समेत कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

बाजुराको बुढीगंगा नगरपालिकाका चारदिने शिशुमा कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. हेमराज पाण्डेले पाण्डेले पुष्टि गरेका हुन् । सोही नगरपालिकामा ३ वर्षीया बालिकामा समेत संक्रमण देखिएको उनले बताए ।

डा. पाण्डेका अनुसार बिहीबार सुदूरपश्चिममा थप २७ जना कोरोना संक्रमण पुष्टि भएको छ, जसमा बाजुराका १८ जना जसमध्ये चार दिने शिशु एक जना, कैलालीका ७ जना र बझाङका २ जना रहेका छन् ।

सुदूरपश्चिममा कोरोना संक्रमति दुई जनाको मृत्यु भइसकेको छ भने १९ जना उपचारपछि निकाे भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको विवरण अनुसार आजसम्म देशभर कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । जसमध्ये ८६१ जना उपचारपछि निको भइसकेका छन् भने १५ जनाको मृत्यु भएको छ ।